काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज नेपालले मलेसियासँग खेल्दै छ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबीच खेलिने छ ।
प्रिमियर कपमा नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह ‘बी’मा बहराइन, यूएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।
नेपालले आफ्नो दोस्रो खेल भाेलि कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल सोमबार हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदखि शुरु हुने छन् । समूह चरणका खेलपछि दुवै समूहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।
एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, यूएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।
प्रतिक्रिया