Logo

Breaking News 1

नेपाललाई आयरल्याण्डको फिल्डिङको निम्तो



काठमाडौं । अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड एले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य गरेको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर नेपाल एलाई फिल्डिङको निम्तो दिएका हुन् ।

पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको नेपाल एले यो सिरिज भने गुमाइसकेको छ । नेपालले आज बसिर अहमद, मौसम ढकाल आरिफ शेख, र कमलसिंह ऐरीलाई बेन्चमा राखेर रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र अर्जुन कुमाललाई मौदनमा प्रवेश गराउने भएको छ ।

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ३२ बजे