काठमाडौं । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग आज एक दिवसीय सिरिजको फाइनल खेल्दै छ । घरेलु मैदानमा एक खेल अगाडि नै २-० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो । खेल आइतबार बिहान ९ : ३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ।
बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले शुक्रबार भएको देस्रो खेल ११४ ले पराजित हुँदै सिरिज गुमाएको हो ।
सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो ।
दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो। नेपाल आइतबार सान्त्वना जितको खोजीमा हुने छ ।
प्रतिक्रिया