Logo

Breaking News 1

एमालेले बाेलायाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक



काठमाडौं । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्नेछ। बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १ : १५ बजे