Logo

Breaking News 1

मेटल उद्योगमा आगलागी हुँदा एक जनाकाे मृत्यु



काठमाडाैं । ललितपुरको एक मेटल उद्योगमा आगलागी हुँदा एक जनाकाे मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको हाे ।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १२ : ४९ बजे