Logo

Breaking News 1

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै



पोखरा । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहमा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने छन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको छ । पर्यटन सचिव कुमानसिंह गुरुङले सबैलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : १३ बजे