Logo

Breaking News 1

प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ‘ह्वीप’


२९ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो । रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ४१ बजे