Logo

Breaking News 1

जितका लागि पपुवा न्युगिनीलाई नेपालले दियाे १९९ रनको लक्ष्य


२९ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडाैं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाउँदै पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको हाे ।

नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे । टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : २५ बजे