Logo

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज : पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


२९ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै छ । पीएनजीले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रिन लागेको हो ।  यो खेल बिहान पाैने ७ बजेबाट हङकङको मोङ कोक मैदानमा सुरु हुँदै छ ।

यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ४४ बजे