Logo

अर्थ

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल


२१ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ ।

समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ ।

म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ ।

रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो

रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : १० बजे