Logo

Breaking News 1

मौसम पूर्वानुमान : आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा


१८ फाल्गुन २०८०, शुक्रबार  

230
Shares

काठमाडौं । पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए ।

‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौंमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने ।

आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए । उनका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुने छ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ५० बजे