Logo

Breaking News 1

विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडाैं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपालले भने घरेलु मैदानको फाइदा लिनसक्छ ।

लिग–२ शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ०० बजे