काठमाडाैं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।
बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धतिअनुसार आठ विकेटले विजयी भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । आजकाे खेलमा मलेसियासँग जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।
प्रतिक्रिया