Logo

शिक्षा

क्वेस्ट इन्टरनेशनल कलेजलाई यूजिसीबाट मान्यता


३ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौं । क्वेस्ट इन्टरनेशनल कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजिसी) नेपालबाट आधिकारिक मान्यता पाएको छ ।

ललितपुरको ग्वार्कोमा रहेको कलेजलाई यूजिसीले शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको सम्मानस्वरुप गुणस्तर आश्वासन र प्रत्यायन प्रमाणपत्र प्रदान गरेको हो ।

यूजिसीले तोकेका अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले उक्त प्रमाणपत्र प्रदान गरिएको कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् २०२० मा स्थापना भएको उक्त कलेजले शैक्षिक कार्यक्रमहरू, विद्यार्थीका सेवा सुविधा र समग्र पूर्वाधारका आवश्यक मापदण्ड पूरा गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : ०५ बजे