काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । आज नेपाली टोलीले लिग–२ को पहिलो खेल नामिबियासँग खेल्नेछ ।
नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ को यो दोस्रो संस्करण हो ।
लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।
प्रतिक्रिया