विराटनगर । कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो ।
सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ ।
माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् ।
सुनुवारले स्वास्थ तथा खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री, माओवादीका मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री बन्ने भएको स्रोतले बताएको छ ।
सरकारमा थपिने मन्त्रीहरुलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।
प्रतिक्रिया