हेटौडा । सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) खेल्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटारस्थित मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । फाइनल पुगेका दुवै टिम अब कम्तिमा पनि १० लाखको हकदार बनिसकेका छन् । तर यसवर्षको उपाधि कसले बाजी मार्छ भनेर हेर्न भने शनिबारसम्म कुर्नैपर्ने हुन्छ ।
यसअघि सेमीफाइनलमा एपीएफले बाग्मती युवा क्लब सर्लाहीलाई पराजित गरेर फाइनलमा आइपुगेको हो भने एनआरटीले धनकुटालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । माघ १६ गतेदेखि जारी प्रतियोगिता शनिबार सकिदैछ ।
प्रतिक्रिया