Logo

Breaking News 1

एक दिवसीय क्रिकेट : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ राेजेका हुन् ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ३२ बजे