Logo

मनोरञ्जन

‘गदर’को सिक्वेलबाट बलिउडमा सनी देओलको कमब्याक



मुम्बई । बलिउड अभिनेता सनी देओल वर्षौ पछि आइकोनिक फिल्म ‘गदर’को सिक्वेलबाट बलिउडमा कमब्याक गर्ने भएका छन् ।

‘गदर २’को सफलतापछि उनी एकपटक बलिउडको मूलधारको चर्चामा छाए । यही बेला सनी र उनका कुनै नयाँ फिल्मको खबरले सामाजिक सञ्जालमा गर्माएको छ ।

सामाजिक सञ्जाल होस् या समाचारहरुमा सनीले आफ्ना पुराना फिल्मको सिक्वेल बनाउने दाबी गरिएका समाचार आइरहेका छन् ।

हालै एक अन्तरवार्तामा उनले आक्रामक हुँदै यी कुराको खण्डन गरेका छन् ।

सनीलाई लिएर ‘बोर्डर २’ देखि ‘गदर ३’सम्मका फिल्मका चर्चा भइरहँदा यी हल्लाको खण्डन गरेका हुन् ।

‘गदर २’ पछि सनी राजकुमार सन्तोषीको निर्देशन रहने फिल्म ‘लाहोर १९४७’मा देखिँदैछन् । ‘गदर २ सफल भयो, त्यसकारण नयाँ फिल्म भइरहेको छ । हामी यसबारेमा १५–१७ वर्षदेखि काम गरिरहेका थियौं, तर यो काम बनिरहेको थिएन । ‘गदर २’ ले हाम्रा लागि धेरै ढोका खोलिदियो । दर्शकले हामी(सनी र राजकुमार सन्तोषी)लाई तीन अलग किसिमका फिल्ममा काम गरिरहेको देखेका छन्,’ उनले भनेका छन् ।

सनी र राजकुमारले ‘घायल’, ‘दामिनी’ र ‘घातक’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ४२ बजे