काठमाडौं । धरहरामा खुला गरिएको निस्शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ ।
धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आएको मेयर बालेनले बताएका छन् ।
धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया