तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पु¥यायएका मोटर साइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।
रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए ।
त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नंम्बरको मोटरसाईकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए ।
डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पु¥याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रकका चालकलाई नियमन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया