काठमाडौं । विश्व फुटबलको नियमानकारी संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।
न्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।
रियो दि जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा रोड्रिग्वेज र उनका सबै नियुक्तिहरूलाई चुनावमा अनियमितता गरेको आरोपमा बर्खास्त गरेको थियो । उक्त निर्णयविरुद्ध रोड्रिग्वेज फेरि अदालत पुग्दा पुरानै निर्णय सदर भएको थियो ।
फिफाले नयाँ नेतृत्व चयनका लागि हतार नगर्न पनि भनेको छ ।
फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्दैन र त्यसैले समस्या समाधान नभएसम्म पाँच पटकको विश्वकप विजेता ब्राजिल निलम्बनमा पर्ने खतार हुन सक्छ ।
प्रतिक्रिया