Logo

Breaking News 1

एनएसएल : पहिलो क्वालिफायरमा आज शिर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी खेल्दै



नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदै छ । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन् । यो खेल मंगलबार हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ०५ बजे