Logo

Breaking News 1

एनएसए : आज धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

साँझ ६ बजे खेलाइने खेल दशरथ रंगशालामा हुनेछ । धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा हुनेछ ।

अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ४६ बजे