Logo

Breaking News 1

तराईका केही स्थानमा हुस्सु/कुहिरो, चिसाेबाट बच्न महाशाखाको अनुरोध



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार उच्च भेगमा हिमपात हुने छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३० बजे