Logo

खेलकुद

राष्ट्रको गौरव बढाउने खेल तेक्वान्दो : जीवनराम श्रेष्ठ



काठमाडौं । पूर्व मन्त्री तथा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले तेक्वान्दो खेलको माध्यमबाट राष्ट्रको गौरव बढाउन सकिने बताएका छन् ।

शुक्रबार ललितपुरमा तेक्वान्दो संघद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालीको शिर उँचो बनाउने सम्भावनाको आधार तेक्वान्दो खेलमा नै रहेको जिकिर गरे ।

उनले भने, ‘भोलिको दिनमा यो खेलले राष्ट्रको गौरव बढाउने महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यो सम्भावना त्यो आधार तेक्वान्दो खेलमा छ ।’

तेक्वान्दो संघले निरन्तर रुपमा आफ्नो खेल विस्तार र विकाससँगै व्यवस्थित गर्ने काम गर्दै आइरहेको उनले बताए ।

उनले भने ‘तेक्वान्दो संघले निरन्तर रुपमा आफ्नो खेल विस्तार, विकासका लागि व्यवस्थित गर्न काम गर्दै आइरहेको छ । यो आँफैमा महत्वपूर्ण पक्ष हो ।’

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : २८ बजे