Logo

Breaking News 1

सोमालियामा भारी वर्षा, सयजनाको मृत्यु



सोमालिया । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ ।

बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ । ‘देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ,’ एजेन्सीले उल्लेख गरेको छ ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ । पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ३६ बजे