Logo

Breaking News 1

सबैलाई लिएर म प्रचण्ड र ओलीको घर घेर्छु : प्रसाईं



काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’ 

उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईहरुको धनीपुर्जा पनि हुन्न् ।’ 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ५१ बजे