Logo

Breaking News 1

दुईवटा छुट्टाछुट्टै समूहको महाअभियान प्रदर्शन आज



काठमाडौं । काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् । नेकपा ९एमाले० निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ भने दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ६ : ४१ बजे