Logo

Breaking News 1

‘इजरायलको आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त, १७० क्षतिग्रस्त’



काठमाडौं। गाजाका सरकारी सञ्चार माध्यमले  इजरायली आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त भएका र १७०  क्षतिग्रस्त भएका दाबी गरेको छ । 

गत ७  अक्टोबरयता घेराबन्दीमा रहेको प्यालेस्टिनी एन्क्लेभमा इजरायली आक्रमणबाट कुल ८३ मस्जिद ध्वस्त भएका छन् र थप १७० मा क्षति पुगेको गाजाका सरकारी मिडियाले जनाएका हुन् । 

प्यालेस्टाइनीहरूले इजरायललाई गाजाका मस्जिदहरूलाई विनाशको लागि जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । इजरायली सेनाहरूले हमासले आक्रमणबाट जोगाउन मस्जिदहरू प्रयोग गरेको निराधार दावी गरेका छन् ।
 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : १८ बजे