Logo

Breaking News 1

नेपालले दियो जापानलाई १ सय १४ रनको लक्ष्य 



काठमाडौं । नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएर सो लक्ष्य दिएको हो ।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । 

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । जसअनुसार नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाउन सफल भएकी थिइन भने कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिन सफल भएकी छिन् ।

काजल श्रेष्ठले अविजित रहँदै ७ बलमा ३ चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाउन सफल भएकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ५९ बजे