Logo

Breaking News 1

फुटबल विश्वकप छनौट अन्तर्गत आज नेपालले यूएईविरुद्ध खेल्दै


३० कार्तिक २०८०, बिहिबार  

46
Shares

काठमाडौं । नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ । दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ । नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ बर्षपछि खेल हुन लागेको हो ।

१९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११(० गोलले पराजित भएको थियो । यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन् ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ८ : २८ बजे