Logo

Breaking News 1

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्दै


२४ कार्तिक २०८०, शुक्रबार  

92
Shares

काठमाडौँ। भारतमा जारी आईसीसी क्रिकेट विश्वकपमा शुक्रबार अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ । सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिनादबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा प्राविधिक रुपमा कायम रहेपनि सेमिफाइनलको सम्भावना कम रहेको छ ।  दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

अफगानिस्तानको प्लेइङ ११-  हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान,  नूर अहमद र नवीन उल हक ।

दक्षिण अफ्रिकाको प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्करम, डेभिड मिलर, एन्डीले फेहलुकवायो, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज र गेराल्ड कोएत्जी ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ५६ बजे