Logo

खेलकुद

युरोपा लिग : टोउलोउससँग लिभरपुल पराजित


२४ कार्तिक २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ । गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा लिभरपुल टोउलोउससँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

टोउलोउसको जितमा एरोन डोनम, थिस डालिंगा र् फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोउलोउसका क्रिस्टियन कासेरेज जुनियरले आत्मघाती गोल गरेका थिए ।

यस सिजनको युरोपा लिगमा लिभरपुलको यो पहिलो हार हो । यो हारपछि समुह ई मा लिभरपुलको ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यो जितपछि टोउलोउसको भने ४ खेलमा ७ अंक भएको छ र समुहमा द्सोरो स्थानमा रहेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ५१ बजे