काठमाडौं। चालु सातोको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
मंगलबार प्रि–ओपन सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ।
१२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया