Logo

Breaking News 1

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


२१ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ ।

आज बस्ने बैठकमा गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि उक्त विषयमा र समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : २३ बजे