Logo

Breaking News 1

भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५७ पुग्याे


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन् ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन् ।

साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन् । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ३७ बजे