Logo

Breaking News 1

आज हुने फाइनलको टिकट बिक्रिबाट प्राप्त रकमको ५०% भूकम्प पीडितलाई : क्यान


१९ कार्तिक २०८०, आइतबार  

0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

‘आईसीसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।

क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २२ बजे