Logo

Breaking News 1

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । डोटीको शिखर नगरपालिका–६ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १६ बजे