Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाँदै


१८ कार्तिक २०८०, शनिबार  

0
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट जान लागेका हुन् । 

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । केही सडकहरू बन्द भएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : २१ बजे