Logo

Breaking News 1

नेपालले टस जित्यो, पहिला बलिङ गर्ने


१६ कार्तिक २०८०, बिहिबार  

46
Shares

काठमाडौं । नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो ।

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुँदै छ । यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ । नेपाल समूह एमा रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : ५७ बजे