Logo

Breaking News 1

रिगललाई आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज


१५ कार्तिक २०८०, बुधबार  

46
Shares

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज (बुधबार) हुने भएको छ । रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ हिजो पूरा नभएपछि आज पुनस् हुन लागेको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । हिजो महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।

आज बाँकी सुनुवाइ हुनेछ । संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : २० बजे