Logo

Breaking News 1

मलेसियाले नेपाललाई दियाे १६६ रनको लक्ष्य


१४ कार्तिक २०८०, मंगलबार  

46
Shares

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर सैयद अजिजले ६८ रनको धुवाँधार पारि खेलेर नेपाली बलरमाथि हावी भएका थिए । उनले जुवादि जुलकिफ्लीले  २४रनसँग मिलेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।

जुलकिफ्ली २४ रन बनाएर अभिनाश बोहोराको बलमा आउट भएका थिए । त्यसपछि कप्तान अहमद फैज ३ रन बनाएर रनआउट हुँदा विरेनदीप सिंह पनि ४ रनमा आउट भए ।

सार्भिन मुनिन्डेले १३ रन बनाउँदा मोहम्मद अमिरले ८ रन बनाए । त्यसैगरी एइनोल हाफिजले ३ रनमा रनआउट हुँदा विजय युनी नटआउट १३ रन बनाउँदा सेजुल इद्रिसले ७ तथा फितृ सामले ६ रन बनाए । नेपालका अभिनाश बोहोराले ४ विकेट दिँला सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ४६ बजे