Logo

समाचार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार


१३ कार्तिक २०८०, सोमबार  

92
Shares

बारा। बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ ।

अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

 उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : ३४ बजे