Logo

Breaking News 1

नेपालसँग हङकङ ६ विकेटले पराजित


२ कार्तिक २०८०, बिहिबार  

23
Shares

काठमाडाैं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेकाे छ । नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको हाे । बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले ४२ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र गुल्सन झा क्रमशः २५ र १४ रनमा अविजित रहे ।

हङकङका इशान खानले तीन विकेट लिए । यासिम मुर्तजाले एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९.३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  २ : २४ बजे