Logo

Breaking News 1

नेपाली बलरहरूको घातक बलिङ, बहराइन ७८ रनमा अल आउट



काठमाडौं। बहराइनले एसिसी यू–१९ प्रिमियर कपमा नेपाललाई ७८ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भयो ।

बहराइनलाई सस्तैमा समेट्न स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिए ।

कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका हुन् । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

उनी दुर्गेशको बलमा बोल्ड आउट भए । एक समय १०.५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए ।

ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे । तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे । दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए ।

आन्स ओबैद सैइद, विश्वश गुरुमुर्ति र शशांक शेखर शुक्ला शून्यमा आउट भए । नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : १८ बजे