Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ । यससँगै सूचक १८९०.०४ अंकमा आएको छ । १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १ सय ६६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : २३ बजे