Logo

समाचार

तीनकुने पुलबाट मोटरसाइकल खस्दा एकजना मृत्यु



काठमाडौं। काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

शान्तिनगर गेट नजिकको निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको हो । बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । उनी मोटरसाइकल पछाडी सवार थिए । मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : २५ बजे