Logo

Breaking News 1

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो



काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनायो । २१३ रनको विशाल लक्ष्य पक्षाएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।

माल्दिभ्सका गनि मौयाथको ३६ रन नै सर्वाधिक रह्यो । खेलमा माल्दिभ्सले १० रन अतिरिक्त पाएको थियो । माल्दिभ्सलाई सस्तैमा समेटन अविनाश बोहोराले ६ विकेट लिए । २२ बलमा उनले ११ रन खर्चिए । यतै गुल्नन झा, सोमपाल कामी, सन्दिप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे ।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन ३५ रनमा आउट भए । ओपनर आसिफ शेख ६ रनमा आउट भए भने कुशल भुर्तेल ३५ रनमा पेभिलियन फर्किए । एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : १९ बजे