Logo

समाचार

‘राजनीतिमा देखिएको फोहर सफा गर्न महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्छ’


१२ आश्विन २०८०, शुक्रबार  

69
Shares

सिरहा। राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएका छन्। कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्बाेधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमा पनि सुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताएका हुन् । 

पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकछत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’

सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।  

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ४१ बजे